6,048 total views, 2 views today
१. राष्ट्रिय ज्ञान पार्कको स्थापना कहाँ गरिने भएको छ ?
– ललितपुर, खुमलटार
२. हालै जेठ १५ गते ल्याइएको आ.व. २०७६÷७७ को कुल बजेट कति छ ?
– १५ खर्व ३२ अर्ब ९६ करोड ७१ लाख ( जसमा ६२.४ प्रतिशत चालुतर्फ, २६.६ प्रतिशत पुँजीगततर्फ र ११ प्रतिशत वित्तीय व्यवस्थातर्फ रहेको)
३. भक्ति थापा कुन राज्यको सेनाबाट गोर्खाली सेनामा आएका थिए ?
– लमजुङ
४. दैवीप्रकोप तथा अन्य आपत्कालीन अवस्थामा क्षति हुन सक्ने सूचनाको सुरक्षार्थ Data Recovery Center को स्थापना कहाँ गरिएको छ ?
– मकवानपुर, हेटौडा
५. तिर्जा प्रथा कसको पालाबाट प्रचलनमा आएको थियो ?
– जुद्ध शमशेर (जसमा राज्यको सिपाही र हाकीमलाई तलबको सट्टा तिर्जा जाने दिने चलन थियो)
६. सन् २००८ बाट नेपाल सरकारले ल्याएको रेड कार्यक्रम कुन प्रयोजनका लागि ल्याइएको थियो ?
– कार्वन व्यापारको नियमन र व्यवस्थापन (हाल यो कार्यक्रम रेड प्लस नाममा सन् २०२२ सम्म कार्वन व्यापारको अवधि तोकी लाभासं वितरणको मापदण्ड बनाउने कार्य भई रहेको, जुन १३ जिल्लामा लागू छ)
७. हाइ गीत कुन जातिमा प्रचलित गीत हो ?
– तामाङ
८. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार नेपालको सबैभन्दा बढी भ्रमण गरिने गन्तव्य कुन हो ?
– लुम्वीनी (सन् २०१७ को तुलनामा २ प्रतिशत कमी भई सन् २०१८ मा १५ लाख १७ हजार १ सय ३४ जनाले भ्रमण गरेका थिए)
९. २६ जिल्लामा गरिएको बहुआयामिक गरिबी सर्वेक्षणमा मापनका सुचकहरु कुन विधिबाट अध्ययन गरि बहुआयामिक गरिबी पहिचान गरिएको थियो ?
– Proxy Means Test (PMT) (आ.व. २०७४/७५ मा बहुआयामिक गरिबी २८.६ प्रतिशत रहेको थियो)
१०. आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार आ.व. २०७४/७५ मा GDP मा कृषि क्षेत्रको योगदान कति रहेको थियो ?
– २७.५९ प्रतिशत (आ.व. २०७६/७७ मा २६.९८ प्रतिशत रहने अनुमान)
११.जनआन्दोलन स्वर्ण पदक २०७५ बाट कसलाई सम्मानित गरियो ?
– मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (२०७४ बाट पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई प्रदान गरियो)
१२. सुचनाको हकको सर्वप्रथम प्रयोग गर्ने मुलुक कुन हो ?्
– स्वीडेन
१३. आ.व. २०७६÷७७ को बजेटले आर्थिक वृद्धिदर कति कायम गर्ने लक्ष्य राखेको छ ?
– ८.५ प्रतिशत
१४. युद्ध र शान्ति नामक प्रसिद्ध पुस्तक कसले लेखेको हो ?
– रुसी साहित्यकार लियो टाल्सटोय
१५. वास्तुकलाको उपजको रुपमा कुन वेदलाई लिइन्छ ?
– अथर्ववेद