हाम्रो बारेमा

संस्कार एफ.एम.९५.६ मेगाहर्ज बाराको पहिलो रेडियो प्रदेश नम्बर २ तथा मध्य तराईको बारा जिल्लाको पवित्र भूमी विश्व प्रसिद्ध धार्मिक स्थल गढीमाईको काखमा २०६५ फाल्गुन चौथो साताबाट प्रसारण शुभारम्भ भएको हो । स्थापनाकालदेखि नै स्थानीय भाषा, धर्म, संस्कृति, रितीरिवाज तथा सामाजिक, राजनीतिक, र पर्यटनको विकासमा बढी प्राथमिकता दिँदै आएका छौ । १०० वाटबाट प्रसारण सुरु गरेको संस्कार एफ.एम. ९५.६ मेगाहर्ज अहिले क्षमता विस्तार गरी १००० वाट मा प्रसारण भईरहेको छ । निकट भविष्यमा २००० वाटमा प्रसारण गर्ने तयारीमा रहेको छ । प्रदेश नम्बर दुई नम्बरका जिल्लाहरु तथा अन्य प्रदेशका केही जिल्लाहरु र छिमेकी देश भारत बिहार राज्यको सीमावर्ती जिल्लाहरुमा प्रत्यक्ष सुन्न सकिन्छ । साथै इन्टरनेटको कबलकपबचाm.अयm.लउ एण्ड्रोईड मोबाईल एप्स हाम्रो पात्रोको हाम्रो रेडियोमा रहेको कबलपबबचाm बाट पनि विश्वका कुनै पनि ठाँउबाट सुन्न सकिने छ । साथै छापा माध्यमको रुपमा संस्कार राष्ट्रिय खबर दैनिक पत्रिका पनि प्रकाशनमा रहेको छ । आकाशीय तरंग, इन्टरनेट तथा छापा माध्यम गरी तीनवटै संचार माध्यममा हामी निरन्तर सेवारत छौं ।
संस्कार एफ.एम.ले समुदायको हितलाई सर्वोपरि ठान्दै नेपालमा बोलिने भाषाहरु नेपाली, भोजपुरी, हिन्दी र मैथिली भाषामा विभिन्न सूचनामुलक, शिक्षामुलक, ज्ञानवद्र्धक, स्वस्थ्य र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिरहेका छौं । व्यवसायिक रेडियो भएपनि यो सम्पूर्ण रुपले जनता, समाज र राष्ट्र प्रति समर्पित रहेको छ । लाखौ श्रोताको चाहना, भावना र स्नेहले गर्दा श्रोताको घर घरमा रेडियो गुञ्जिने हाम्रो दावी छ । सञ्चार माध्यमको विकास सँगै प्रतिस्पर्धात्मक यो युगमा स्थापित धेरै सञ्चार माध्यमहरु मध्य “विवेक र चेतनाको सेतु, हाम्रो आफ्नै समाजको दर्पण” संस्कार एफ.एम. ९५.६ मेगाहर्ज को मुख्य उद्देश्य सत्य, तथ्य, न्याय र समानताका लागि अग्रसर हुनु हो । समृद्ध नयाँ नेपाल आज हरेक नेपाली मनको साझा उद्देश्य हो । हामी यहि उद्देश्य पुरा गर्ने ध्येयले अगाडी बढेका छौ । नेपाली जनताको हित र राष्ट्रको हित नै संस्कार एफ. एम.को हित हो भन्ने हाम्रो धारणा रहेको छ ।

संस्कार एफ.एम.का प्रमुख उद्देश्यहरु

हाम्रा प्रमुख उद्देश्यहरु हुन :

  • सहि र तथ्य कुरा सू–सुचित गर्नु ।
  • आम नागरिकलाई शिक्षित गर्नु ।
  • अभिपे्ररित गर्नु ।
  • स्वच्छ मनोरञ्जन प्रदान गर्नु ।
  • समाजको पहरेदारी गर्नु ।
  • सत्य
  • न्याय र निष्पक्षताका लागि अग्रसर रहनु ।
  • समृद्ध नेपालको सन्देशवाहकको रुपमा सत्य
  • न्याय र समानताका लागि सधै अग्रसर रहनु ।
  • शान्ति
  • संम्वृद्धि र प्रगतीको बाटोमा अग्रसर ।

2018 Powered By Shanti Media Pvt.Ltd. , Site By Sanskar FM