२४ असार, कलैया । प्रदेश नं. २ भुमि ब्यवस्था ,कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेशको ब्याज मिनाहा कार्यक्रमले प्रदेशका ८० हजार किसान परिवारलाई सम्बोधन गरेको बताएका छन् । हिजो कृषि ज्ञान केन्द्र बाराले आयोजना गरेको ब्याज अनुदान वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यस्तो बताएका हुन्। उनले कृषि क्षेत्रमा लागेका लाखौं किसानको समृद्धिले मात्रै प्रदेशको समृद्धि हुने बताए । पटकपटक हुने प्रकृती प्रकोपबाट कृषि क्षेत्रले ठुलो नोक्सानी सहनु पर्ने बाध्यतामा सरकारी ब्यवास्थाले किसान समस्यामा पर्दै आएका थिए । प्रदेश सरकार यस विषयमा चिन्तीत छ । आगामी दिनमा यस्तो समस्याको समाधान हामी गर्दैछौं उनले भने ।कोरोना संक्रमण नियन्त्रण र लकडाउन प्रभावित किसानको समस्यमा धोरै सहयोगका लागि राहत दिन ल्याईएको ब्याज अनुदान कार्यक्रमले आगामी दिनमा अझ राम्रा कार्यक्रम गर्ने हौसल्ला मिलेको मन्त्री साहले बताए । यो किसान हकमा राम्रो सुररुवात हो । प्रदेश २ कृषि क्षेत्रमै संभावना बोकेको प्रदेश भएकाले यहाँका किसानहरुको पक्षमा सरकार गम्भीर रहेको उनको भनाई छ ।आगामी बर्षको नीति तथा कार्यक्रम तथा बजेटबाट साना किसानको खातामा १० हजार रकम जम्मा गरिदिने , विदेशबाट फर्किएका यूवाका लागि स्वोरोजगारका कार्यक्रम अगाडी सारेको उनको भनाई छ । एक परिवारले दैनिक १ हजार रुपैंया आम्दानीको ग्यारेन्टी गर्ने कार्यक्रम समेत ल्याएको मन्त्रील कार्यक्रममा जानकारी गराए ।प्रदेश २ का किसानले धान रोँपाईका बेलामा मल नपाएर छटपटाउनु परिरहेको अवस्था केलाउँदै उनले भने “म कृषि मन्त्री भएर पनि एकबोरा मल कसैलाई दिन सक्दिन अवस्था यस्तो छ । ” यस्तो अवस्थाको अन्त्यका लागि संघ सरकारसँग कुरा भैरहेले आगामी बर्ष यो समस्या समाधान हुनेमा आशाबादी बन्न मन्त्री साहले किसानहरुमा आग्रह गरे ।बारामा केही समय अघि आएको टानार्डो, असिना, हावाहुरी जस्ता प्रकोपले निकै ठुलो क्षेती गरेको थियो । सोको विवरण मागेको संघ सरकारले बजेट नदिँदा पिडितले राहत पाउन नसकेका उनले बताए । सोही कारण यसपटकको ब्याज अनुदान कार्यक्रममा समेत संशय पैदा भएको मन्त्री साहको भनाई थियो ।
यस्तै कार्यक्रममा प्रदेशसभा सदस्य पारस साहले कृषि राज्यको प्राथमिकतामा पर्न नसक्दा समस्या भैरहेको बताए । प्रदेश सरकारले कृषि ,स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखि काम गर्नु पर्ने बताए । कृषि क्षेत्रको विकास र प्रदेशको समृद्धिमा सहकारी संस्थाहरु माध्यम बन्न सक्ने भएकाले सहकारीहरुको उचित सहयोग ब्यवस्थापनमा सरकारको ध्यान जानु पर्ने उनले बताए ।कृषि ज्ञान केन्द्र बाराले ३ लाख रुपैंया मुनी कर्जा भएका ९ हजार ३४८ जना किसानलाई करिब ३ करोड ब्याज अनुदान रकम वितरण गरेको जनाएको छ । सिमित बजेटका विच तीन लाखमाथी र लघुवित्त संस्था बाहेक ३० वटा बैंक तथा ४१ वटा सहकारी मार्फत उक्त रकम वितरण गरिएको ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र प्रसाद यादवले जानकारी दिए । करिब ८ हजार किसानलाईलाई भुक्तानी गर्नु बाँकी रहेको ६ करोड रकम आगामी बर्ष वितरण गरिने यादवले बताए। जिल्ला समन्वय समिति बाराका सभापती नवलकिशोर सिंहको अध्यक्षता भएको उतm कार्यक्रममा भुमि ब्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयका सचिब डा.विमल कुमार निर्मल, राष्टिय सहकाररी बैंकका संचालक एवं प्रदेश सहकारी संयोजक ध्रुब यादव,जनता समाजबादी पार्टी बाराका अध्यक्ष अजय पटेल, कलैया नगर अध्यक्ष शिवनाथ पटेल, जय प्रकाश साह, साना किसान कृषि संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी, बारा बचत तथा ऋण सहकारी संघका सतेन्द्र ठाकुर लगायतले मन्तब्य ब्यतm गरेका थिए। कर्यक्रममा कृषि ज्ञान केन्द्र बाराका कृषि प्रसार अधिकृत रामजीवन ठाकुरको संचालन रहेको थियो ।
प्रदेश नम्बर दुईका ८० हजार किसान परिवारमा सरकारी सहयोग ःकृषि मन्त्री साहको कथन ।

तपाईको प्रतिक्रिया