२५ साउन, कलैया । बारामा एक २६ बर्षिय महिला माथि जबरजस्ती करणी गरिएको आरोपमा जिल्ला प्रहरी कार्यालय बारामा उजुरी परेको छ। बारागढी गाउँपालिका–२ बिसुनपुर्वा निवासी ४० वर्षीय पन्नालालसाह तेली माथि जबरजस्ती करणीको आरसोपमा जिप्रका बाराका उजुरी परेको हो । पिडीत परिवारका अनुसार महिलालाई साउन १७ गते शनिबार राति ८बजेको समयमा शौचालय बाट आएर चापाकलमा हात धोइराखेको अवस्थामा बलात्कार गरिएको हो । उनको मुख थुनेर घर नजिकै रहेको पूmलबारीमा लगि जबरजस्ती करणी गरिएको पिडीत परिवारले जनाएको छ । आरोपितले घटनाका विषयमा घरपरिवारमा जानकारी दिएमा आफु र घरपरिवारका सदस्यलाई आक्रमण गरी गाँउनिकाला गर्ने पिडकले धम्की दिएको पीडिताले बताएकी छन् । पीडितको स्वास्थ्य परीक्षण कलैया अस्पतालमा साउन २० गते गरिएको छ । घटना जानकारी हुना साथ दुबै पक्षलाई राखेर बुझ्ने प्रयास गर्दा आरोपित उपस्थित नभएकाले पीडितलाई जिल्ला प्रहरी कार्यालयमा जानका लागि सल्लाह दिएको वडाका वडा अध्यक्ष कृष्णप्रसाद चौधरीले बताए । महिलाको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रमाणका आधारमा थप अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाउने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
बारामा २६ बर्षिय महिलालाई जबरजस्ती करणी गरिएको आरोपमा प्रहरीमा उजुरी ।

तपाईको प्रतिक्रिया