०७ भदौ, कलैया । पर्साको वीरगन्जमा कोरोना भाईरसको संक्रमण बाट थप एक जना महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ की ५६ वर्षीया संक्रमित महिलाको आज बेलुकी मृत्यु भएको हो । गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बेलुकी ७ बजेर ३० मिनेटमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिएका छन् ।कोभिड अस्पतालको आइसियूमा साउन २४ गतेदेखि भर्ना गरिएकी ती महिलाको स्वास्थ्य अवस्थामा सुधार नआएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको डाक्टर दिपक कुशवाहाले जानकारी दिए ।
ज्वरोका साथै खोकी र श्वास प्रश्वासमासमेत समस्या भएपछि ती महिलाको साउन २२ गते स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा साउन २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि साउन २४ मै उनलाइ कोभिड अस्पतालको आइसीयूमामा भर्ना गरिएको थियो। योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । साउन यतामा मात्रै ३२ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ३६ मध्ये पर्साका २८ , बाराका ५ र रौतहटका २ जना हुन् । जेठ ३१ गते वीरगन्जको घण्टाघरमा वेवारिसे मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान खुल्न सकेको छैन ।
वीरगन्ज कोरोना भाईरसको संक्रमण बाट थप एक महिलाको मृत्यु ।

तपाईको प्रतिक्रिया