०१ असोज, कलैया । पेट्रोलियम पदार्थमा मिसावट गर्ने २ जना ट्याङ्कर चालक लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका २१ बस्ने ना.७ ख. ३९२३ को ट्याङकर चालक २६ बर्षिय राजेश विश्कुर्मा र मकवानपुर हेटौडा नगर पालिका वडा नम्बर ११ नवलपुर बस्ने ना.७ ख. ४०९३ को ट्याङ्कर चालक २९ बर्षिय सन्तोष खड्का रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। नेपाल आयल निगम अन्तर्गत अमलेखगंज डिपोमा निगमको करारनामामा रहेका मध्ये ना.७ ख.३९२३ र ना.७ ख.४०९३ नं.को ट्याङ्करमा इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी आउने क्रममा दुवै चालकले पेट्रोलियम पदार्थ पेट्रोलमा मिसावट गरी पैदेश नम्बर दुईको प्रादेशिक कार्यालय अमलेखगंजमा खालि गर्नुपूर्व निगमको गुणस्तर बि.नियमावाली अनुरुप गुणस्तर चेकजाँच गर्दा मिसावट रहेको पाइएको थियो। उनीहरुलाई पक्राउ गरी कालो बजार तथा अन्य सामाजिक अपराध ऐन २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाराबाट दिन १० (दस) को म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बारामा पेट्रोलियम पदार्थमा मिसावट गर्ने २ जना ट्याङ्कर चालक पक्राउ ।

तपाईको प्रतिक्रिया