१८ पुस, कलैया । बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले सहकारी माध्यमबाट शिक्षा स्वास्थको सुधार गर्नुपर्नेमा जोड दिएका छन। बाराको कलैया उपमहानगरपालिका १८ मोतीसरमा रहेको साना किसान कृषि सहकारी संस्थाको प्रथम बार्षिक सधारण सभालाई हिजो प्रमुख आतिथ्य बाट सम्बोधन गर्दे नगर प्रमुख यादवले यस्तो बताएका हुन। उनले सहकारीले बिकासको काममा पनि सहकार्य गर्नुपर्ने बताए । उनले सहकारी को भवन निर्माणको लागि रु १५ लाख रुपैया सहयोग गर्ने बताए। उनले यो सहकारी संस्थालाई रसायनिक मल बिक्रीको लागि पनि स्वीकृती दिने बताए। उनले सहकारी संस्थालाई राम्रो संग चलाएर आमुल परिवर्तन ल्याउन सकिन्छ भने । उतm अवसरमा साना किसान कृषि सहकारी संस्थाका प्रदेश नम्बर दुईका सचिव तथा कलैया उपमहानगरपालिका वडा नम्बर २१ क वडा अध्यक्ष पुन्यदेव प्रसाद रौनियार, वडा नम्बर १८ का निमित वडा अध्यक्ष राजकुमार साह, साना कृषि सहकारी संस्था बाराका अध्यक्ष मिश्रीलाल सहनी, शर्मा बैठा, साना किसान कृषि सहकारी संस्था मन्हर्वाकी अध्यक्ष नयन कला खडका, समाजसेवी रामबालक साह, प्रमानन्द गुप्ता, धुर्व राउत अहिर, राजबहादुर साह, नरेश कुमार गुप्ता, जयराम प्रसाद चौरसिया, अंचित राउत बरै, सहकारी कर्मीं पुष्पराज खतिवडा लगायतकाले मन्तब्य ब्यतm गरेका थिए। सहकारी संस्थाकी अध्यक्ष बदन देवी कुर्मीको अध्यक्षतामा भएको उतm साधारण सभामा स्वागत शारदा देवी राम एवम् सञ्चालन संस्कार एफ.एमका प्रबन्ध निर्देशक अनिल कुमार गौरवको रहेको थियो । उतm अवसरमा जगगा दाता धुर्व राउत अहिर लाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।
सहकारी माध्यमबाट शिक्षा स्वास्थको सुधार गर्नुपर्नेमा कलैया नगरपालिकाका नगर प्रमुख यादवको जोड ।

तपाईको प्रतिक्रिया