२४ पुस, कलैया । कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले संसार हेर्नको लागि आंखाको आवश्यकता पर्ने बताएका छन। बाराको कलैया उपमहानगरपालिका २६ सिसवा महेशपुरमा हिजो क्रिएटिभ युवा क्लबले आयोजना गरेको एक दिने निःशुल्क आंखा शिवीरको उदघाटन समारोहलाई प्रमुख आतिथ्य बाट सम्बोधन गर्दे नगर प्रमुख यादवले यस्तो बताएका हुन। उनले जेष्ठ नागरिकहरुको आंखामा बढी समस्या हुने गरेको उनले बताए। उनले यो शिवीर बाट जेष्ठ नागरिकहरुले आफनै गांउ ठांउमा निःशुल्क उपचार सेवा पाउने बताए। उनले समाजमा गरिएका यस्ता कार्यहरुमा युवाहरुको सहभागिता सराहनिय रहेको बताए। उनले युवा सहभागिताले नै परिवर्तन ल्याउन सकिने बताए। शिक्षा, स्वास्थय, बिकास निर्माण जस्ता कार्यहरुमा युवाको जागृती सहभागिता र जेष्ठ नागरिकको सल्लाहले नै हाम्रो नगरको बिकास गर्न सकिने उनको भनाई रहेको थियो ।समाजमा गरिने यस्तो सेवा मुलक कार्यमा कलैया उपमहानगरपालिकाको सदैव सहयोग रहने बताए। क्लबका अध्यक्ष सुरेश यादवको अध्यक्षतामा भएको उतm शिवीरको उदघाटन समारोहमा शिक्षक राधाकृष्ण यादव, समाजसेवी रामनारायण यादव, अनेरास्वीयुका केन्द्रिय सदस्य श्रीनिवास मण्डल लगायतकाले मन्तब्य ब्यतm गरेका थिए। कार्यक्रममा स्वागत संस्कार एफ.एमका प्रबन्ध निर्देशक अनिल गौरव एवम् सञ्चालन शयाम पाण्डेयको रहेको थियो। उतm शिवीरमा दुई सय ३३ जनाको नेत्र परिक्षण गरिएको थियो । जस मध्ये ५८ जना मोतिया बिन्दुका रोगी भेटिएका छन। शिवीरमा अन्धा कल्याण आंखा अस्पताल कलैयाका नेत्र प्राबिधीक रबिन्द्र सिंह, सुस्मिता साह,शारदा गुप्ता, रामनाथ पटेल, अस्पतालका प्रबन्धक नितेश कसमार चौरयिा लगायतकाले चेकजांच गरेका थिए ।
संसार हेर्नको लागि आंखाको आवश्यकता पर्ने कलैया उपमहानगरपालिकाका नगर प्रमुख यादवको भनाई ।

तपाईको प्रतिक्रिया